दाङको तुलसीपुरस्थित एक घरमा चोरी भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ शिखरकोलनी निवासी चुडामणि वलीको घरमा गएराति साढे चार लाख बराबरको धनमाल चोरी भएको छ।
नगद २ लाख रुपैयाँ र चार तोलाको सुनका गरगहना चोरी भएको वलीको परिवारले जानकारी दिएको छ।
सबैगरी कूल ४ लाख ४४ हजार बराबरको धनमाल चोरी भएको वली परिवारले बताएको छ। घरका सबै सदस्य माघी मनाउन गाउँस्थित घरमा गएको समयमा वलीको घरमा रातिको समयमा चोरी भएको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।