रुपन्देहीको तिनाउ नदीमा १ लाख माछाका भुरा छाडिएको छ।
विश्व मत्स्य दिवसको अवसरमा विहिबार सियारी गाउँपालिका वडा नं. ५ अमुवा पुल नजिकै माछाका भुरा तिनाउ नदिमा छाडिएको हो। गतवर्ष ५० हजार माछाका भुरा नदीमा छाडिएको थियो।
पर्यावरणमा परेको असरले खोलाका माछा हरेक वर्ष घट्दै गएपछि छपियाका किसानले तिनाउ खोलामा माछाका भुरा राखेका हुन्। देशभर माछा उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिने छपिया बाट विभिन्न र्याली सहित ल्याइएका रहु र नैनी जातका एक लाख भुरा माछा खोलामा छाडेका हुन्।
पछिल्लो समय चुरे क्षेत्रमा भएको अत्यधिक दोहन, तराईका खोलामा हुने उत्खनन् तथा बजार र कलकारखानाबाट खोलामा बगाइने फोहोरले खोलाको पानी दुषित बनेको छ।
खोलामा प्रदूषण बढेपछि त्यसको असर माछामा देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम परियोजना इकाई मत्स्य सुपर जोनका अधिकृत रमेश जैसवालले बताए।
विश्व मत्स्य दिवसको अवसरमा मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देही लगायतका संघसंस्थाहरुले पश्चिम अमुवामा याली समेत निकालेका थिए।
स्थानीय जनप्रतिनिधि, माछा किसान, व्यवसायी, कर्मचारी, विद्यार्थी र पत्रकारसहितको ¥याली बजार परिक्रमा गरि तिनाउ खोलामा गएर माछाका भुरा राखेको जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिपु भुसालले जानकारी दिए।
माछालाई खोलामा बाँच्नसक्ने गरी खोलालाई सफा राख्न सबै स्थानीयसँग रुपन्देहीका किसानले आग्रह गरेका छन्। जथाभावी नदी उत्खनन्ले किसानले वर्षेनि तिनाउ नदीमा माछा छाडेपनि हुर्किनुको साटो नष्ट हुँदै गएका छन्।
माछाका भुरालाई तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, सियारी गाउँपालिकाका प्रमुख अयोध्या थारु लगायतले माछाका भुरालाई नदीमा छाडेका हुन्।