मंगलबार चितवनको आइसोलेसाबाट भागेका युवक बुधबार नुवाकोटमा भेटिएका छन्।
भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको ती युवक बुधबार बिहान १०:३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकरी दिए।
उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको उनले बताए।
प्रहरीकाअनुसार उनी साइकल चढेर चितवनबाट त्यहाँ पुगेका थिए। भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए। हिरासतमै उनमा संक्रमण पुष्टि भएको थियो।
उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि भदौ ६ गते श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो। मंगलबार अस्पतालमा नभेटिएपछि प्रहरीले उनको खोजी गरेको थियो।