चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ।
चितवन मेडिकल कलेजमा उपचारत भरतपुर-११ निवासी ४० बर्षीया महिलाको मृत्यु भएको हो।
झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पताल निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।
भेन्टिलेटरमा उपचारको क्रममा उनको गएराति करिव १२:२३ मा मृत्यु भएको उनले बताए।
कोरोना संक्रमणका कारण चितवनका १० जनाको मृत्यु भएको छ।