चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरू २३ देखि ८० वर्षसम्मका छन्।
भरतपुर महानगरपालिका भित्रका ६ महिला र ८ पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेजबाट उनीहरूको स्वाब लिइएको हो।
खैरहनी नगरपालिकाका २ महिला र १ पुरुष छन्। उनीहरू क्वारेन्टिनमा छन्।
भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट स्वाब लिइएका रौतहटका ३३ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ।
३०९ जनाको स्वबको नमुना परीक्षण गर्दा २ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
चितवनमा कोरोना संक्रमितको संख्या ८ सय ७९ पुगेको छ।