चितवनमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
चितवन मेडिकल कलेजको कोभिड आइसियूमा उपचाररत् मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो पौने दुई बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
ती महिलालाई बिहीबार रातिमात्रै प्लाज्मा थेरापी गरिएको थियो। डा.शितल अधिकारी र डा.दयाराम लम्सालसहितको समूहले प्लाज्मा थेरापीबाट उनको उपचार गरेको थियो।
श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि ती महिलालाई भदौ ११ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो।