भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।
नवलपुरको देवचुली नगरपालिका–१ बस्ने ६४ वर्षीय वृद्धको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
केही समयदेखि मिर्गौलाको डायलासिस गराइरहेका ती वृद्धमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएको थियो।
उनको सोही अस्पतालमा नियमित डायलासिससमेत गरिएको थियो। स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदै गर्दा मंगलबार साँझ ५:३० बजे उनको मृत्यु भएको पौडेलले जानकारी दिए।
उनमा निमोनियाको संक्रमण पनि देखिएको अस्पतालले जनाएको छ ।