चितवनमा १४ जना कोरोना संक्रमित थपिएका छन्।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएका भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरूमा महिला/पुरुष ७/७ जना छन्। उनीहरू २१ देखि ७० वर्षसम्मका रहेको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन्।
३१९ वटा नमुनाको परीक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
चितवनमा कोरोना संक्रमितको संख्या १ हजार ८५ जना पुगेको छ। भरतपुर महानगरमा मात्रै ७२१ जना संक्रमित पुगेका छन्।