चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्।
संक्रमण पुष्टि हुने चितवनका सबै भरतपुर महानगरपालिकाका हुन्। उनीहरूमा २६ जना पुरुष र ५ जना महिला रहेको डा.अधिकारीले बताइन्।
१२ वर्षीय बालकदेखि ५७ वर्ष उमेरकामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरूको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।
नवलपुरको गैँडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ।
उनीहरूले भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब दिएका थिए।
त्यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
चितवनमा कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ।