नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुल नजिकै ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु भएको छ।
इच्छाकामना गाउँपालिका–५ स्थित खहरेपुल नजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना ४ ख ८०११ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार ४ जना घाइते भएका थिए।
घाइते ६ जनामध्ये ना ४ ख ८०११ नम्बरको ट्रकका चालक बारा प्रवानिपुर-२ बस्ने २८ वर्षीय अजय शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।
भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अन्य ५ जनाको उपचार भइरहेको छ।
दुर्घटनापछि अवरूद्ध भएको राजमार्ग ट्रकलाई पन्छाएर खुलाइएको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।