चितवनमा ४१८ जनाको कोरोना परीक्षण गर्दा १०२ जनामा पोजेटिभ देखिएको छ ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नविनकुमार चौधरीले जानकारी दिए।
संक्रमण पुष्टि हुनेहरु ५ वर्षीय बालक देखि ८७ वर्षीया वृद्धासम्म छन्। बिहीबार सार्वजनिक रिपोर्टअनुसार भरतपुर महानगरपालिका भित्रका मात्रै ५४ जनामा कोरोना पुष्टि भएको छ। रत्ननगर नगरपालिकाका १९ जना, खैरहनीका ४ जना र राप्तीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ।
चितवन बाहिरका नवलपुरका १४ जना छन्। नवलपुरको गैंडाकोटका मात्रै ८ जनामा कोरोना पुष्टि भएको छ। सबैको चितवन मेडिकल कलेजको केन्द्रमा स्वाब संकलन गरिएको हो।