चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु भएको छ।
नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए।
उनलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो। २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदैगर्दा राति १२:१८ बजे उनको मृत्यु भएको डा.लम्सालले बताए।