तनहुँका कोरोना भाइरस संक्रमित पुरुषको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ।
चितवन मेडिकल कलेजमा उपचाररत् तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई भदौ २९ गते डायलाइसिस गर्नका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
आइसीयूमा उपचार भइरहेको उनको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ।
चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ। जसमध्ये १८ जना चितवन जिल्लाकै हुन् भने बाँकी अन्य विभिन्न जिल्लाबाट उपचारका लागि आएकाहरू हुन्।