अविरल वर्षासँगै नाराययणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ।
बिहीबारदेखि निरन्तर वर्षा भएपछि नारायणीमा पानीको बहाब बढ्दै गएको हो ।
देवघाट क्षेत्रमा नदीको सतहले खतराको तह पार गरिसकेको छ भने नारायणगढ क्षेत्रमा सतर्कताको तह पार गर्दै खतराको तहतर्फ उन्मुख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देवघाट क्षेत्रमा पानीको सतह ८.३ मिटरमा पुगेको छ। जबकी ७.३ मिटरलाई सतर्कता तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ।
नारायणगढको पुल्चोकस्थित नारायणी नदीको पुलमा पानीको सहत ११.३ मिटर पुगेको छ। ११ मिटरलाई सतर्कताको तह मानिन्छ। यहाँ पानीको सतह खतराको तहतर्फ उन्मुख भइरहेको छ।
पानीको सतह निरन्तर बढ्दै गएको विभागले जनाएको छ।
निरन्तर वर्षासँगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ।
नारायणी नदीमा पानीको सतह बढ्दा पश्चिम चितवन र नवलपुरका वस्तीहरू जाखिममा पर्छन्।