गएरातिको भूकम्पबाट रुकुम पश्चिमका दुई पालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु भएका ३६ मध्ये २७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। यो खबर तयार पार्दासम्म ८५ जना घाइते छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज कार्कीले सानी भेरी गाउँपालिकामा ९ जना र आठबिसकोट नगरपालिकामा १८ जनाको मृतकको पहिचान खुलि सकेको जानकारी दिए। अन्यको अझैं सनाखत भइ नसकेको उनले बताए।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले सानी भेरीमा ३ महिला र ६ पुरुष तथा आठबिसकोटमा नौं महिला र नौं पुरुषको सनाखद भइ सकेको जानकारी दिए।
आठबिसकोटमा काम बिषेशले बर्दिया बाट गएका दुई जनाकोपनि भूकम्पनमा परि मृत्यु भएको छ।
मृतक मध्य १२ महिला र १५ पुरुषको सनाखद भइ सकेको छ।
सानीभेरीमा भूकम्पबाट मृत्यु भएकाहरू
१ – सानीभेरी – २ परियार टोलकी १२ बर्षीइा मनिषा परियार
२– सानीभेरी – १ चाईनाबगरका ३१ बर्षीय धनबिर पुन
३ – सोही ठाउँका २८ बर्षीया चुम्निमा पुन
४– सोही ठाउँका ८ बर्षीय यमराज पुन
५– सोही ठाउँकै २ बर्षीय सितम पुन
६ – सोही वडाका १० महिनाको बालक रेजन वली
७ – सानीभेरी – ४ का ८ बर्षीय निर्जल चन्द
८ – सोही ठाउँकी २५ बर्षीया सकुन्तला दमाई
९ – सोही ठाउँकै ६ बर्षीय कृष्ण परियार
आठबिसकोट नगरपालिकामा मृत्यु
१–आठबिसकोट – १२ सानिबार्को का १४ बर्षीय रमेश पुन
२ – सोही वडाका १३ बर्षीय डिलबहादुर केसी
३ – आठबिसकोट – १४ का ३ बर्षीय बासु बुढा
४ – सोही वडाकी ३० बर्षीया अमृता जैसी
५ – सोही ठाउँकै ५ बर्षीया भावना जैसी
६ – सोही ठाउँकै २ बर्षीय दिपेन जैसी
७ – सोही ठाउँकै १२ बर्षीया सरिता बिक
८– सोही ठाउँकै १३ बर्षीय मदन गौतम
९ – सोही ठाउँकै ८३ बर्षीय करे नेपाली
१० आठबिसकोट – ११ गैरीकी ३५ बर्षीय शिला कामी
११ – सोही ठाउँकै १३ बर्षीया सृजना कामी
१२ – सोही ठाउँकै ९ बर्षीया रिया कामी
१३ – सोही गैरी गाउँकै ६ बर्षीया दिया कामी
१४ – सोही ठाउँकै ४ बर्षीया आशा कामी
१५ – १८ महिनाकी एलिसा कामी
१६ – रुकुम पूर्व घर आठबिसकोट – १४ मा पुन निर्माण कम्पनीको गाडी चालक ३० बर्षीय किस्मत पुन मगर
१७ –जिल्ला बर्दिया घर भई कामको शिलसिलामा आठबिसकोट – १४ छेपारे पुगेका ४७ बर्षीय खड्क बिक
१८ – बर्दिया घर भई कामको शिलसिलामा आठबिसकोट – १४ छेपारे पुगेका ३६ बर्षीइ अनिल बिक