काठमाडौंमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
बिहीबार दिउँसो पौने १ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नयाँ बस्ती पहेँलो पुल नजिकैबाट प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेमा सोही गाउँपालिका वडा नम्बर ५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ नयाँ बस्ती बस्ने ३८ वर्षीय मिमसिंह लामा छन्।
उनले बा १८ च ८३६१ नम्बरको गाडीमा हतियार बोकेर हिँडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनापछि खटिएको प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका लामाबाट एउटा सेमी अटोमेटिक पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ।