डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बेनीघाट रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विश्वकर्माको मृत्यु भएको उक्त जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी कुसुम नायकले बताए।
उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विश्वकर्मा र डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विश्वकर्मा घाइते भएका छन्।
उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।