हेटौंडामा ७१ वर्षीया वृद्धा मृत फेला परेकी छन्।
हेटौंडा उपमहानगरपालिका-११ पाथिभरा मन्दिर नजिकै बस्ने ७१ वर्षीया ठूलीमाया विश्वकर्मा मृत भेटिएकी हुन्।
उनी सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
प्रहरी घटनास्थलमा पुग्दा उनको दुबै कानबाट रगत बगिरहेको थियो। वृद्धासँग उनको २८ वर्षीय नाति प्रविन विश्वकर्मा पनि सँगै बस्दै खुलेपछि अनुसन्धानका लागि नातिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनका अनुसार पोस्टमर्टमको लागि वृद्धाको शव हेटौंडा अस्पतालमा पठाइएको छ।