इटहरी उपमहानगरपालिकाले नगरभित्रका निजी शिक्षालय कक्षा ११ मा पढ्ने २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
उपमहानगरपालिकामा ४८३ जनाले शैक्षिक सत्र २०८१/०८२ का लागि आवेदन दिएकामध्ये परीक्षा लिएर छात्रवृत्ति प्रदान गरिएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोर्णप्रसाद दाहालद्वारा सार्वजनिक गरिएको नतिजामा उल्लेख छ।
उपमहानगरपालिकाद्वारा सार्वजनिक गरिएको नतिजा अनुसार आवेदन दिएकामध्येबाट परीक्षा लिँदा सबैभन्दा बढी विश्व आदर्शबाट ६७ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ।
यस्तै, सुष्मा सेकेन्डरीमा ३९ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ। कोशी सेन्ट जेन्सबाट २७, ग्रीनपिस एकेडेमीबाट १४, पूर्वाञ्चल सेकेन्डरीबाट आठ, प्रिमियर ग्लोबलबाट सात र सेतो बङ्गला एकेडेमीबाट छ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ।
यस्तै, वेविलोन सेकेन्डरी, ज्ञान दर्पण एकेडेमी र चामुन्डा सेकेन्डरीबाट तीन/तीन जना, वाल विकास सेकेन्डरीबाट चार, गोदावरी विद्या मन्दिरबाट दुई र इटहरी नोवेल एकेडेमीबाट एक जनालाई छात्रवृत्ति प्रदान गरिएको छ।
छात्रवृत्ति पाउनेमा व्यवस्थापन, विज्ञान, होटल म्यानेजमेन्ट, र कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्यार्थी परेका छन्।
सरकारले निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने घोषणा गरेता पनि ती शिक्षालयले आफूखुसी छात्रवृत्ति कार्यक्रम चलाइरहेका थिए।
इटहरी उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्र २०८०/८१ बाट नगरप्रमुख हेमकर्ण पौडेलको अग्रसरतामा निजी शिक्षालयमा छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाएको हो।