काठमाडौंको पेप्सिकोलामा रहेको कौस्तुभ एकेडमीले दुई जनालाई सोनु श्रेष्ठ स्मृति छात्रवृत्ति दिएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोनु श्रेष्ठ स्मृति छात्रवृत्ति घोषणा गर्दै उक्त छात्रवृत्ति वितरण समेत गरेका थिए।
कौस्तुभ एकेडेमीमा अध्ययनरत रहदाको समयमा २०७९ सालमा असामयिक दिवंगत भएकी सोनु श्रेष्ठको स्मृतिमा परिवार तथा विद्यालयको सहकार्यमा सोनु श्रेष्ठ को स्मृतिमा छात्रवृत्ति प्रदान गरिएको हो।
जसअन्तर्गत कौस्तुभ विद्यालयबाट कक्षा १० को एसइई तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीहरु १-१ जनालाई जनही ५१ हजार १ सय ११ रूपैयाँको छात्रवृत्ति बितरण गर्ने घोषण गरिएको थियो।
जसबमोजिम कक्षा १० को २०८० एसइई परीक्षामा ४ जिपिए हासिल गरेकी आयुषा श्रेष्ठ तथा कक्षा १२ को परीक्षा २०८० मा ३.७५ जिपिए हासिल गरेका निरज श्रेष्ठलाई जनही ५१ हजार १ सय ११ रूपैयाँका दरले छात्रवृत्ति प्रदान गरियो ।