धादिङमा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते भएका छन्।
मंगलबार मध्यान्ह १२ बजेतिर निलकण्ठ नगरपालिका-८ सशा भन्ने ठाउँमा बस र माइक्रो ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आठ जना घाइते छन्।
काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ज ०४२९ नम्बरको माइक्रो र धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २१९८ नम्बरको बस ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएका एक जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको डिएसपी मिश्रले बताए।
घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। दुर्घटनाबाट सडक अवरूद्ध नभएको प्रहरीले जनाएको छ।