सुर्खेतमा सरकारी मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका–११ का चैत थारुको मंगलबार बिहान मृत्यु भएको हो।
आइतबार राति साढे सवा ८ बजे बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले थारुलाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२ का २३ वर्षीय धिरेन्द्र बुढाले चलाएका थिए।
घटनामा चालक बुढा पनि घाइते भएका। उनलाई उपचारकै क्रममा मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ।
घाइते थारुको उपचारकै क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिए।
उक्त सरकारी मोटरसाइकल कुन कार्यालयको नाममा थियो र कुन कर्मचारीले चलाउँथे भन्नेबारे यकिन नभएको डिएसपी विश्वकर्माले जानकारी दिए।
‘हामीले यातायात कार्यालयलाई यसको विवरण मागेका छौं, कार्यालयबाट प्राप्त भइसकेको छैन,’ उनले भने।