कैलालीमा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
क्रेनको ठक्करबाट घाइते भएका लम्कीचुहा–४ का ४२ वर्षीय किरणप्रसाद शर्माको मृत्यु भएको हो।
लम्कीचुहा नगरपालिका–४ बलियामा पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश–२–०३–००१क २०२७ नम्बरको क्रेनले सोमबार राति नौ बजेतिर ठक्कर दिएको थियो।
उपचारको लागि लालरत्न अस्पताल लम्की लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेकोमा सोमबार राति नै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
क्रेन र क्रेन चालक धनगढी उपमहानगरपालिका–१९ का २५ वर्षीय सुरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र बोहराले जानकारी दिए।