सल्यानमा चट्याङ लागेर एक जना शिक्षकको मृत्यु भएको छ।
कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरका ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले सेतोपाटीलाई बताए।
धमलाका अनुसार कार्की स्थानीय कालीदेवी प्राथमिक विद्यालयका राहात शिक्षक हुन्।
कृष्णजन्माष्टमीका दिन सार्वजनिक बिदा भएको हुँदा उनी घर नजिकको जंगलमा वस्तु चौपाया चराउन गएका बेला दिउँसो साढे ३ बजेतिर चट्याङ लागेर अचेत भएका थिए।
उनलाई उद्धार गरी जिल्ला अस्पताल खलंगा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोष्टमर्टमका लागि अस्पतालमै राखिएको प्रहरी निरीक्षक धमलाले जानकारी दिए। पोष्टमर्टमको प्रक्रिया सुरू हुन थालेको उनले बताए।