दाङको घोराहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१२ डाँडा गाउँका ६८ वर्षीय बुद्धिराम चौधरीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
चौधरी बिहान साढे ८ बजेतिर आफ्नै गोठको छानोमा तरकारीका लागि फलेको लौका टिप्न भनेर चढेका थिए।
त्यही क्रममा नजिकैको विद्युत पोलको नांगो तारमा छोएपछि उनलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो।
चौधरीको शव पोष्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।