प्रधान सेनापति अशोकराज सिग्देलले पद बहाली गरेका छन्।
उनले जंगी अड्डास्थित कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।
सोमबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले दर्ज्यान्ही चिन्ह लगाइदिएका थिए। सिग्देलले पद तथा गोपनीयताको शपथ समेत लिएका थिए।
सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जली समेत अर्पण गरेका थिए।
२०२३ साल माघ १९ गते रूपन्देहीमा जन्मिएका सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए। गत साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।
तस्बिरहरू:
सबै तस्बिर: जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा