रसुवाको हाइड्रो पावर प्रोजेक्टमा मजदुरहरू आन्दोलित बनेका छन्।
शुक्रबार दिउँसो उत्तरगया नगरपालिका-१ मा रहेको २१६ मेगावाट क्षमताको अपर त्रिशुली-१ हाइड्रोइलेक्ट्रिक प्रोजेक्टमा कार्यरत मजदुरहरू आन्दोलित भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी केशव भट्टराईका अनुसार मजदुरहरूको तलबमा कटौती गरेको भन्दै आन्दोलित भएका हुन्।
आन्दोलनका क्रममा मजदुरहरूले ढुंगामुढा गरेका छन्। यसक्रममा केहीलाई सामान्य चोटसमेत लागेको डिएसपी भट्टराईले बताए।
आन्दोलित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ।
डिएसपी भट्टराईका अनुसार पाँच सेल अश्रु ग्यास प्रहार गरिएको हो।