ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत सुरू भएको छ।
शनिबार दिउँसो सडकबाट पानी निस्किएको केहीबेरमा भासिएको सडकको मर्मत सुरू लगत्तै भएको हो।
जमिनमुनि बिच्छ्याइएको पाइप फुटेपछि निस्किएको पानीले सडक नै भासिएको थियो।
प्रहरी प्रभाग पाटनढोकाले अहिले भासिएको सडक अवलोकनका लागि खानेपानी कार्यालयबाट अधिकारीहरू आएको र मर्मत कार्य सुरू भएको जनाएको छ।
दिउँसो सडक फुटेर पानी निस्कँदा सडकमा भेल नै बगेको थियो।
यसरी गरिँदैछ सडक मर्मतः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।