जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
शनिबार साँझ पाँच बजे ४० मिनेट जाँदाको समयमा भेरी नगरपालिका वडा नम्बर २ बस्ने ५५ वर्षीया कोसिला कामीको मृत्यु भएको हो। घरनजिकै परेको चट्याङले उनी घाइते भएकी थिइन्।
पाँचकाटिया प्रहरी चौकीबाट प्र.ब.ह गेदबहादुर चन्दको कमान्डमा खटिएको टोलीले घाइते कोसिलालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगेको थियो।
चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।