मोरङमा १८ लाख रूपैयाँसहित ९ जना जुवाडे पक्राउ परेका छन्।
मोरङको ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीबाट शनिबार राति ८ बजे जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो।
मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार जुवा खेलाइएको गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, हरैँचा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा पुगेको थियो।
जुवा खेलिरहेको अवस्थामा मोरङ ग्रामथान गाउँपालिका-४ बस्ने ५५ वर्षीय अहिलाल माझी, ५९ वर्षीय शिवनारायण माझी, सुनसरीको दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिश्वर साह, मोरङको सुन्दरहरैचा नगरपालिका-१ का ५० वर्षीय जनक कुमार, महोत्तरीको गौशाला नगरपालिका-१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४५ वर्षीय युवक राई, झापाको दमक नगरपालिका-१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको लेटाङ नगरपालिका-९ का ३८ वर्षीय लोकनाथ सापकोटा, मोरङकै सुन्दरहरैचा नगरपालिका-३ का ३२ वर्षीय प्रताम राई पक्राउ परेका हुन्।
जुवा खेलिरहेको ठाउँबाट १६ थान कौडा, १२ बुक तास, २ बट्टा पाउडर, १५ थान मोबाइल र १८ लाख नगद बरामद गरिएको एसपी कार्कीले जानकारी दिए।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।