त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका ७६ वर्षीय दण्डपाणि भुसाल आफन्तको सम्पर्कमा आएका छन्।
उनी आइतबार मध्याह्न सम्पर्कमा आएको उनका आफन्त विष्णुप्रसाद भण्डारीले जानकारी दिए।
'पठाओवालाले फोन गरेर तपाईंको मान्छे भेटिएको छ कहाँ ल्याइदिऔं भन्नुभएको छ। उहाँसँग पनि कुरा भयो,' उनले भने।
उनीहरू प्रहरी वृत्त गौशाला आउँदै गरेको पनि भण्डारीले जानकारी दिए।
शनिबार विमानस्थल अवतरण गरिसकेपछि दण्डपाणीले बाहिर पर्खिरहेका आफन्तहरूलाई जानकारी गराएका थिए। तर उनी नभेटिएपछि उनका आफन्तहरू आइतबार बिहान प्रहरी कार्यालय गौशला पुगेका थिए।
उनका अनुसार खोजतलास गर्ने क्रममा विमानस्थलको सिसिटिभी क्यामरा समेत हेरेका थिए। क्यामेरमा राति नै बाहिर निस्किदै गरेको दृश्य देखिएको थियो। कसरी एकान्तकुना पुगे भन्नेबारे भेटिसकेपछि थाहा हुने भण्डारीले जानकारी दिएका छन्।
उनी आफ्ना छिमेकीहरुसँग अमेरिकाबाट काठमाडौं आएका थिए।