नौकिलोस्थित नारायणघाट-मुग्लिन सडक भासिएर यातायात एकतर्फी मात्रै चल्न मिल्ने भएको छ।
इच्छाकामना नगरपालिका-६ मा पर्ने सडक आइतबार राती सवा ७ बजेतिर भासिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ।
सडकको एक फिटजति दबेको कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए।