बाँकेमा तीन वर्षीया बालिका बेपत्ता भएकी छन्।
खजुरा गाउँपालिका-६ सिमलघारीको वीरेन्द्र पुनकी ३ वर्षीया छोरी लक्ष्मी पुन आइतबार बेलुकी घरबाटै बेपत्ता भएकी हुन्।
घरको आँगनमा खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि जंगली जनावले लगेको हुनसक्ने स्थानीयहरूले आशंका गरेका छन्।
बालिका खोजी गर्दा नभेटिएपछि परिवारले गएराति १० बजे प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुलबहादुर कार्कीले बालिकाको खोजी भइरहेको जानकारी दिए।
‘जंगल नजिकैको वस्ती हो। बाघले लग्यो कि भन्ने शंका छ। हामी खोजिरहेका छौं,’ एसपी कार्कीले भने।