भोटेकोशीमा बोलेरो गाडी खसेर बेपत्ता भएका चालकको शव भेटिएको छ।
सोमबार साँझ सिन्धुली फिक्कल गाउँपालिका-६ सोखुखोला स्थित सुनकोशी नदीमा चालक ३५ वर्षीय सानु तामाङको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
'पोस्टमर्टमका लागि शव धुलिखेल अस्पताल पठाइएको छ,' डिएसपी थापाले भने, 'खोजी कार्यको लागि ४ गोताखोरसहित ९ जनाको टोली खटिएको थियो।'
शुक्रबार दिउँसो बा २० च २१८५ नम्बरको बोलेरो गाडी बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको थियो।
बोलेरो गाडीमा सवार बाह्रबिसे नगरपालिका-९ की ३६ वर्षीया सुन्तली भनिने सुनिता तामाङको शव शनिबार भेटिएको थियो।
उनको शव सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै फेला परेको हो। उक्त बोलेरो गाडीमा दुईजनामात्र सवार थिए।
उक्त गाडी शुक्रबार साँझ पौने ७ बजे नदीबाट क्रेनको सहायताले निकालिएको थियो। बोलेरोमा दुई जना मात्रै रहेको छ। चालक भोटेकोशी गाउँपालिका-५ का ३८ वर्षीय सानु शेर्पा भेटिन बाँकी छन्।