काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहको फोटो भएको टिर्सट लगाएर इन्द्रजात्रा हेर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ।
बसन्तपुर क्षेत्रमा मंगलबार भएको इन्द्रजात्रा हेर्न केही युवाहरू मेयर शाहको फोटोसहितको टिसर्ट लगाएर पुगेका थिए। स्थानीय बासिन्दासँग विवाद भएको भन्दै प्रहरीले १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएको केहीसमयमै उनीहरूलाई छोडिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले जानकारी दिए।
इन्द्रजात्राको सुरक्षाका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका थिए।
यो पनि: बालेन शाहको फोटो भएको टिसर्ट लगाएकाहरू प्रहरी नियन्त्रणमा