सोह्र श्राद्ध सुरू बुधबारदेखि सुरू भएको छ।
सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्नेहरूको भिड छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्ध भनिन्छ।
पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ।
उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भिड लाग्ने गर्छ।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।