संविधान दिवसको अवसरमा आज नेपाल सरकारले आयोजना गरेको 'नेसनल डे कन्सर्ट' मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्।
दरबारमार्गमा जारी कन्सर्टमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित उपस्थित भएका हुन्। यसका साथै, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल लगायत उपस्थित भएका हुन्।
संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेसनल डे कन्सर्टका लागि हजारौं मानिस दरबार मार्ग क्षेत्रमा आएका छन्।
मानिसहरूको आवागमन हेरेर करिब ५ हजार सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।
विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्। त्यस्तै, गायक स्वप्न सुमन, सुगम पोखरेलले गाइसकेका छन्। त्यसैगरी, आनन्द कार्की, कुन्ति मोक्तान, सुवानी मोक्तान लगायतले पनि गाइसकेका छन्। अन्य कलाकारले पनि प्रस्तुति दिने कार्यक्रम छ।
तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी