इन्द्रजात्रा अर्थात ‘येँया पुन्ही’को पाँचौ दिन श्वेतभैरव (हाथु द्यः) को मुखबाट प्रसादको रूपमा जाँड खाने चलन छ।
वर्षभरि हनुमानढोकास्थित बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामाको समयमा मात्र पूरा खुला गरिन्छ।
द्वादशीको दिन यः सिं ठड्याएपछि इन्द्रजात्रा सुरू हुन्छ। यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुन्छ। सात दिनसम्म चल्ने यो जात्रा अवधिभर भैरवको मुखदेखि जाँड–रक्सी पिलाइन्छ।
अरू दिन सबै जना को लागी खुवाउने भए पनि एक दिन चाहिँ महिलाहरूको लागि मात्र खुल्ला गरिन्छ।
भैरवको मुखबाट आएको जाँड पिउने सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने र हृष्टपुष्ट हुने जनविश्वास रहिआएको छ।
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी