'दलितका लागि दलित' अभियानका संयोजक खगेन्द्र सुनारले धर्ना स्थगित गरेका छन्।
साउन २३ गतेदेखि माइतीघर मण्डलमा धर्ना बस्दै आएका सुनारले ४५ दिनमा अजित मिजार र नवराज विकको आमाको हातबाट नेल खोल्न लगाएर धर्ना स्थगित गरेका हुन्।
उनले शुक्रबार दिउँसो २ बजे नेल खोल्दै तत्कालका लागि धर्ना स्थगित गरेका छन्।
बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गरेसँगै दोस्रो दिन धर्ना स्थगित गरेको यस अभियन्ता राम रसाइलीले जानकारी दिए।
'अब दोस्रो चरणको आन्दोलन सुरूआत हुन्छ,' उनले भने।
उनका अनुसार दलित अभियानका युवाहरू प्रदेश हुँदै प्रत्येक जिल्ला कार्यालयमा 'दलितलाई खै' भन्दै सरकारलाई सोध्नेछ। मार्च २१ मा पुन काठमाडौंमा प्रदर्शन गर्ने तयारी छ।
विभिन्न तरिकाबाट सरकारलाई जबाफदेही बनाउने र दलितका लागि देखिनेगरी काम गर्न दबाब दिने उनले बताए।
सरकारले वार्ता टुंग्याउने मनसायमात्र बनाइरहेको छ। काम गर्ने प्रतिबद्धता व्यक्त नगरेसम्म आन्दोलन चलिरहेको उनको भनाइ छ।