ललितपुरमा एक पुरूष मृत भेटिएका छन्।
गोदावरी नगरपालिका-९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधुसुदन नेपाली मृत भेटिएका हुन्।
उनको शव बिहीबार दिउँसो सोही ठाउँस्थित बुंगमती कुलोको गोरेटोमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
'बाहिरी रूपमा हेर्दा शव शंकास्पद देखिएको छैन, पोस्टमर्टमका लागि पाटन अस्पताल पठाएका छौं,' उनले भने।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।