राष्ट्रहित प्रतिकूल क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका ६० वर्षीय टिकाराम भुसालमाथि अदालतले म्याद थप गरेको छ।
आज काठमाडौं जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १ (राज्य विरुद्धका कसूर) को दफा ५१ (क) बमोजिम म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
उनका अनुसार बिहीबार संविधान दिवसको दिन भुसालले माइतीघर क्षेत्रमा नेपालको संविधान राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र देशको अपमान हुने गतिविधि गरेका थिए।
पर्वत पैंयू गाउँपालिका-३ घर भई नागार्जुन नगपालिका-२ बस्दै आएका उनलाई सोही दिन त्यहीँबाट पक्राउ गरिएको हो।