ललितपुरमा बेपत्तामध्ये १० जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आइतबार १० जनाको शव फेला परेको हो। अझै ७ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका-८ शंखादेवी बस्ने ५६ वर्षीया लिला थापा, लुभु खोला छेउमा पहिरोमा परी बेपत्ता रहेका सुर्खेतकी २४ वर्षीया हरिकला थापा मगर, उनकी साढे दुई वर्षकी छोरी सिमृका र ५० वर्षीय ससुरा शिवको शव फेला परेको हो।
त्यस्तै ललितपुर महानगर-३ मनमोहन पार्कस्थित बैभव पावर नेपाल प्रालिको स्टोरमा काम गर्ने झापाका २८ वर्षीय सुवास पाण्डे, बागमती गाउँपालिका-५ भालु खोला बस्ने ६४ वर्षीया माइली श्रेष्ठ र गोदावरी नगरपालिका-७ छोटेडाँडा देवीचौरमा पुरिएको अवस्थामा ४५ वर्षीय जयमान न्यासुर तामाङ, ४० वर्षीया कान्छी माया तामाङ, २० वर्षीया बाल्स्या तामाङ र दुई महिने बालिकाको शव फेला परेको हो।
परिसरले शनिबार २० जनाको शव फेला पारी सूची सार्वजनिक गरेको थियो।
त्यस्तै अझै पनि ७ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।