शनिबार आएको बाढी-पहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी विनोद घिमिरेका अनुसार आइतबार साँझ ६ बजेसम्म मृतकको संख्या ५२ पुगेको हो।
ज्यान गुमाउनेमा सबैभन्दा धेरै ललितपुरमा छन्।
काठमाडौंमा १७ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो।
त्यस्तै काठमाडौंबाट दुई जना र ललितपुरबाट ७ जना बेपत्ता छन्।
अहिलेसम्म काठमाडौंका १४४२ जना, ललितपुरका ६५७ र भक्तपुरका ५६ जना गरी २१५५ जनाको उद्धार भएको छ।
त्यस्तै काठमाडौंमा १८ जना, ललितपुरमा १० जना र भक्तपुरमा ३ जना घाइते भएका छन्। ललितपुरमा घाइते भएका ९ जना अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्।