जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम केसी प्रहरी प्रधान कार्यालय तानिएका छन्।
प्रहरी प्रधान कार्यालयले सोमबार उनलाई तानेर दीपेन्द्र शाहीलाई पठाएको हो।
यसअघि गृहले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको पनि सरूवा गरेको हो।
धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरूवा गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
उनीहरूलाई गृह मन्त्रालयमै काम गर्ने गरी सरूवा गरिएको तिवारीले जानकारी दिए।
गृहले उनीहरूको ठाउँमा धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाएको छ।
मौसम र विपदको पूर्वानुमान हुँदाहुँदै पनि घटना न्यूनिकरण नभएपछि उनीहरूको सरूवा भएको हो। धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु भएको छ।
त्यस्तै काभ्रेमा मात्रै विभिन्न ठाउँमा पहिरो जाँदा ५४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।