उर्लेर आएको बागमतीले शनिबार धनजनको ठूलो क्षति गर्यो। क्षतिसँगै यसले नदी किनारका बस्तीको बारेमा राजनीतिक ध्रुविकरणलाई पुनः जागृत गर्यो नै तर यसले हाम्रो दैनिकीबारे पनि प्रश्न छोडेर गएको छ।
आइतबार र साेमबार बहाव कम भएसँगै बागमतीले आफूमा समाहित भएका फोहोरहरू अहिले हाम्रो लागि ऐना बनाएर छोडिदिएको छ।
खोला किनारमा बनेका करिडोर र पार्कमा अहिले प्लास्टिकहरु यत्रतत्र अड्किएका छन्।
सप्तकोशीमा पनि प्लास्टिकका बोतलहरू बाँधमा अड्किएझैं अहिले काठमाडौंका उपत्यका खोला किनारमा प्लास्टिक यत्रतत्र गिज्याएर बसिरहेका छन्।
शनिबार आएको बाढी-पहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
ज्यान गुमाउनेमा सबैभन्दा धेरै ललितपुरमा छन्।
काठमाडौंमा १७ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो।
तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी