धादिङस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो जाँदा सडक अवरूद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका-२ परेवा भीरमा सुख्खा पहिरो खसेको हो।
पहिरो खस्दा सडक दुई तर्फी नै अवरूद्ध बनेको थियो। भर्खरै एकतर्फी बाटो खुला गरिएको धादिङ प्रहरीले जनाएको छ।
सडक खुलाउन सम्पूर्ण सुरक्षा निकाय खटिएको कार्यालयले जनाएको छ।
प्रहरीले सबै चालकहरूलाई इमानदारी पूर्वक ओभरटेक नगरी र ट्राफिक नियम पालना गरी सुरक्षित साथ यात्रा गर्न अनुरोध पनि गरेको छ।