बाढिपहिरोमा परेर काभ्रेमा ६२ जनाले ज्यान गुमाएका छन्। भने ४ जना अझै हराइरहेका छन्।
बिहीबार रातिदेखि शनिबार साँझसम्म परेको वर्षाले बाढीपहिरोमा परेर काभ्रेमा मात्रै ६२ जानले ज्यान गुमाएका छन्।
ज्यान गुमाउनेमा २८ महिला, ११ पुरूष, १० बालक र ५ बालिका रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
काभ्रेका १० वटा स्थानीय तहमा बाढी पहिरोको असर परेको छ।
धुलिखेल नगरपालिकामा २, बनेपा नगरपालिका ३, पनौती नगरपालिका १८, मण्डनदेउपुर ८,नमोबुद्ध ५,रोशी गाउपालिका ६, चौरीदेउराली गाउँपालिका १, बेथानचोक गाउँपालिका ७, तेमाल गाउँपालिका ९, भुम्लु गाउँपालिकामा ३ जनाले ज्यान गुमाएका हुन्।
१३ स्थानीयतहमध्ये ३ वटा खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका र पाँचखाल नगरपालिकामा भने मानवीय क्षती नभएको प्रहरीको तथ्यांक छ।
बेपत्ता भएकाहरूलाई प्रहरी, सशस्त्र,सेना र स्थानीयलेसमेत खोजिरहेको प्रहरीले बताएको छ।