मंगलबार बेलुकी १० बजेपछि बर्दघाट-दाउन्ने सडक खण्डमा अत्यावश्यकबाहेक सवारी साधन चल्न नपाउने भएका छन्।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले सूचना निकालेर राति १० बजेपछि बुधबार बिहान ५ बजेसम्म सडक बन्द रहने बताएको छ।
बर्दघाट बजारदेखि जिल्लाको पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म सवारी साधन सञ्चालनमा रोक लगाएर सडक मर्मतको काम गर्न लागिएको हो।
सोमबार अपराह्न बर्दघाट नगरपालिका ४ दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्वपश्चिम राजरमार्ग सडकको रिटेनिङ वाल भत्किएको थियो। उक्त सडक मर्मत गरेर खुलाइएको थियो।
तर करिब चार मिटर सडक भासिएको र बिजुलीको लाइन पनि ढलेको कारण मर्मत गर्न आज बेलुकी १० बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी साधन रोकेर काम गर्न लागिएको हो।
यस्तो छ सूचना: