सूर्यदर्शन सहकारी बचत रकम ठगी प्रकरणमा संलग्न रहेको भन्दै थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गुल्मी मुसिकोट नगरपालिका-४ घर भई ललितपुर महानगरपालिका-१५ बस्ने ३२ वर्षीया लीला पछाईं पक्राउ परेकी हुन्।
उनलाई कास्कीको टोलीले सोमबार पोखराबाट पक्राउ गरेको हो। उनले सहकारीमा जिबी राईमार्फत् तीन करोड रूपैयाँ लिएर अपचलन गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीको डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
'उनी प्रत्यक्ष रूपमा सहकारीमा जोडिएकी छैनन्, राईसँग ऋणी भएर जोडिएको तथ्यंहरू फेला परेको छ,' डिएसपी शर्माले भने।
उनलाई जिल्ला अदालत कास्कीबाट थप ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।