कुनै समय निकै नै चर्चा र फोटोजेनिक राजमार्गको रूपमा चिनिएको बिपी राजमार्ग अहिले पूरै सुनसान छ।
शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले यहाँ कुनै पनि सवारी चल्न सकेको छैन।
जहिल्यै पनि सवारी आवतजावत भइरहने यो राजमार्गमा सन्नाटा छाएको छ।
यो राजमार्गको निर्माणसँगै सहज अनुभव गरेका स्थानीयहरू अहिले त्रासमा बाँचिरहेका छन्।
आफ्नो दैनिकीलाई निरन्तरता दिनको लागि मानिसहरू बाढीले बनाएको पहरोमा ज्यान हत्केलामा राखेर ओहोरदोहोर गरिरहेका छन्।
रोशी गाउँपालिका ७ पुग्दासम्म २ ठाउँमा त सडक नै छैन। मानिसहरू भिरमा रहेका ढुंगामा आफ्नो ज्यानको बाजी राखेर आवतजावत गरिरहेका छन्।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी